बिरामीको मृत्युपछि मणिपाल अस्पतालमा चिकित्सकमाथि हातपात
हेल्थ टिभी अनलाइन \काठमाडौं : बिरामीको मृत्युपछि पोखराको मणिपाल शिक्षण अस्पतालमा तनाव भएको छ । उपचारका क्रममा लमजुङकी ५७ वर्षीया सुकमाया दुराको मृत्यु भएपछि उनका आफन्तले चिकित्सकमाथि हातपात गरेका हुन्।
बिरामीको अवस्थाको बारेमा जानकारी नदिएको तथा उल्टो बिरामीका आफन्तमाथि अभद्र व्यवहार गरेको भन्दै चिकित्सकमाथि आक्रमण भएको हो । उपचारमा खटिएका चिकित्सकमाथि नै हातपात भएपछि अस्पतालमा प्रहरी परिचालन गरिएको छ भने स्थिति तनवाग्रस्त बनेको छ ।
लमजुङबाट उपचारका लागि ल्याइएकी बिरामीको आइसीयूमा उपचार भइरहेकोमा सोमबार निधन भएको थियो ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण