नेपाल क्यान्सर अस्पताल र नेपाल क्यान्सर रिलिफ सोसाइटीबीच सम्झौता
हेल्थ टिभी अनलाइन \काठमाडौं : ललितपुरको हरिसिद्धिमा रहेको नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टर र नेपाल क्यान्सर रिलिफ सोसाइटीबीच क्यान्सरको सचेतना बढाउन तथा क्यान्सर रोकथाम र उपचारमा सहकार्य गर्ने सम्झौता भएको छ ।
उक्त सम्झौता अनुसार अबदेखि क्यान्सरबारे गाउँ गाउँसम्म सचेतना फैलाउनका लागि विभिन्न कार्यक्रमहरु गर्ने, क्यान्सर लाग्नबाट बच्न बिरामीको व्यवहार परिवर्तनमा सहयोग गर्ने, क्यान्सर सम्बन्धी अनुसन्धानहरु गर्ने लगायतका विषयमा दुई संस्थाबीच सम्झौता भएको हो ।
यो सम्झौता २ वर्षसम्म कायम रहनेछ । सम्झौता पत्रमा नेपाल क्यान्सर अस्पतालका अध्यक्ष तथा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा सुदिप श्रेष्ठ र क्यान्सर रिलिफ सोसाइटीका तर्फबाट मुख्य प्रशासकीय अधिकृत टिका प्रसाद अधिकारीले हस्ताक्षर गरेका हुन् ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?