डा ओम मूर्ति अनिलको दोस्रो पुस्तक ‘जीवन्त सम्बन्ध’ सार्वजनिक
हेल्थ टिभी अनलाइन \काठमाडौं : मुटुरोेग विशेषज्ञ डा ओम मूर्ति अनिलद्धारा लिखित जीवन्त सम्बन्ध’ पुस्तक सार्वजनिक भएको छ । काठमाडौंमा शुक्रबार भएको एक कार्यक्रमकाबीच डा ओम मूर्तिकी आमा राजकुमारी देवी सिंहले पुस्तक सार्वजनिक गरेकी हुन् ।
संस्मरणात्मक शैलीमा लेखिएको उक्त पुस्तकमा जीवन, सम्बन्ध, संस्कार सफलता, असफलता सुख दुख लगायतका जीवनमा आइपर्ने र भोग्नुपर्ने विषयवस्तु रहेको डा अनिलले जनाएका छन्।
इन्स्टिच्युट अफ मेडिसिनका पूर्व डीन प्राडा जगदीश प्रसाद अग्रवालले लेखकको व्यक्तित्व तथा कृतिमाथि प्रकाश पारेका थिए भने डा रविन्द्र समिरले पुस्तकमाथि समिक्षा गरेका थिए । पुस्तक सार्वजनिक कार्यक्रमका प्रमुख अतिथिका रुपमा रहेको वरिष्ठ हाँस्यकलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले डा ओमको चिकित्सकीय साथै लेखन कलाको खुलेर प्रशंसा गरेका थिए ।
यो पुस्तक डा अनिलको दोस्रो कृति हो । यसअघि उनले १० वर्षअघि म पनि डाक्टर नामक पुस्तक लेखेका थिए । अहिले सार्वजनिक भएको जीवन्त सम्बन्ध पुस्तकको मूल्य ६ सय रुपैयाँ रहेको छ । यस पुस्तकबाट उठेको रकम डा ओम फाउन्डेसन मार्फत विपन्न जेष्ठ नागरिकको उपचारमा खर्च गरिने जनाइएको छ ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’