स्टार हस्पिटलले सर्वसाधारणमा शेयर जारी गर्दै
हेल्थ टिभी अनलाइन \काठमाडौं : ललितपुरको सानेपास्थित स्टार हस्पिटलले सर्वसाधारणमा साधारण सेयर (आईपीओ) जारी गर्ने निर्णय गरेको छ ।
आईपीओ निष्काशनको प्रक्रिया अघि बढाउनका लागि विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरिएको हस्पिटलले जनाएको छ ।
आश्विन ४ गते आयोजित एक कार्यक्रममा स्टार हस्पिटलका तर्फबाट कार्यकारी अध्यक्ष किशोर कुमार महर्जन र मुक्तिनाथ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
स्टार हस्पिटल लिमिटेडले रु ४० करोड शेयर पूँजी बराबरको रु १०० अंकित दरको ४० लाख कित्ता शेयर सर्वसाधारणहरुलाई बिक्री गर्न लागेको हो ।
करिब ६९ करोड चुक्तापूँजी भएको यस हस्पिटलसँग २५ प्रतिशत अग्राधिकार शेयरसहित रु ८५ करोड चुक्तापूँजी रहेको अवस्थामा यो निष्कासनसँगै केही संस्थागत लगानीकर्ताहरु, बीमा कम्पनीहरु, प्राइभेट इक्विटी कम्पनीहरु तथा निजी संस्थागत लगानीकर्ताहरु समेतको गरी चुक्ता पूँजी रु २ अर्ब भन्दा माथि हुने जानकारी गराईएको छ ।
थप पूँजी लगानीबाट अस्पतालले आधुनिक उपकरणहरुसहित नयाँ उपचार सेवाका विधाहरु जस्तै क्यान्सर सेवा, आइभीएफ सेवा र देशभरका विभिन्न स्थानहरुमा उपचार सेवा केन्द्र विस्तार गर्ने योजना रहेको बताइएको छ ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य