स्वास्थ्यकर्मीमाथि हातपात गर्ने व्यक्ति पक्राउ
हेल्थ टिभी अनलाइन \काठमाडौं : बेलौरी नगरपालिकास्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीमाथि हातपात गर्ने व्यक्ति पक्राउ परेका छन्।
आक्रमणमा परेका अहेब नरेन्द्रप्रसाद गैरेको जाहेरी पछि प्रहरीले हातपात गर्ने राम बहादुर खड्कालाई पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय बेलौरीले खड्कालाई पक्राउ गरिएको जानकारी दिएको छ। खड्का माथि प्रहरीले स्वास्थ्यकर्मीमाथि दुर्व्यहार गरेको आरोपमा मुद्धा चलाउने तयारी समेत गरेको छ।
स्वास्थ्य केन्द्रको आकस्मिक कक्षमा बिरामीको उपचार गरिरहेका अहेब नरेन्द्रप्रसाद गैरेमाथि दुई दिनअघि हातपात भएको थियो।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?