नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सम्झौता
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच स्वास्थ्य अनुसन्धानका क्षेत्रमा काम गर्न सम्झौता भएको छ ।
परिषद्का कार्यकारी सदस्यसचिव डा प्रदीप ज्ञवाली र प्रतिष्ठानका उपकुलपति डा मंगल रावलले सो सम्वन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सो सम्झौता अनुसार अब कर्णाली क्षेत्रमा पाइने बहुमूल्य जडीबुटीको विषयमा बृहत अनुसन्धान सुरु हुनेछ । यसैगरी स्वास्थ्यका अन्य विषय तथा रोगका विषयमा पनि परिषद् र प्रतिष्ठानले संयुक्त रुपमा अनुसन्धान कार्य अघि बढाउने सम्झौतामा उल्लेख छ ।
परिषद्का सदस्य सचिव डा ज्ञवालीले यो सम्झौतासँगै त्यस क्षेत्रमा देखिएका विभिन्न स्वास्थ्य समस्यादेखि बहुमूल्य जडीबुटीका विषयमा अध्ययन अनुसन्धानका लागि बाटो खुलेको बताए ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?