वीर अस्पतालमा हप्तामा ३ दिन मिर्गौला प्रत्यारोपण हुने
हेल्थ टिभी अनलाइन \काठमाडौं : वीर अस्पतालमा अबदेखि हप्ताको ३ दिन मिर्गौला प्रत्यारोपण हुने भएको छ ।
अस्पतालका निर्देशक डा सन्तोष पौडेलले अबदेखि हप्तामा ३ दिन सोमबार, बुधबार र शुक्रबार गरी तीन दिन मिर्गौला प्रत्यारोपण गरिने बताए । यसैगरी उनले हप्ताको ६ दिन नै शल्यक्रिया सेवा सञ्चालन हुने समेत बताए ।
यही असोज १ गतेदेखि लागू हुने गरी प्रत्येक हप्ताको आइतबारदेखि शुक्रबारसम्म ६ दिन शल्यक्रिया सेवा संचालन हुनेछ। यसैगरी हप्तामा तीन दिन आइतबार, मंगलबार र बिहिबार यूरोलोजीको ओपीडी सेवा सञ्चालन हुने पनि उनले विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?