सरकार र चिकित्सक संघबीच ६ बुँदे सहमति, आन्दोलनका सबै कार्यक्रम फिर्ता
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाल चिकित्सक संघले अस्पतालको सेवा बन्द गर्ने कार्यक्रम फिर्ता लिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज भएको वार्तामा ६ बुँदे सहमति भएपछि संघले आफूले अघि सारेको सेवा ठप्प पार्ने आन्दोलनका कार्यक्रम फिर्ता लिएको हो ।
हेटौंडाको सञ्चो अस्पतालमा कार्यरत दुई डाक्टरमाथि कुटपिट गर्ने थप ५ जनालाई प्रहरीले पक्राउ पूर्जी जारी गरिसकेको र उनीहरुलाई छिटो पक्राउ गरी कारवाही प्रक्रिया अघि बढाउने सहमति भएपछि संघले आन्दोलनका कार्यक्रम फिर्ता लिएको हो ।
संघले चिकित्सक कुट्ने व्यक्तिलाई छिटो भन्दा छिटो कारवाहीको प्रक्रियामा लैजान माग गर्दै सेवा ठप्प पार्ने घोषणा गरेको थियो ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?