Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

डा ओम मूर्ति अनिलको ‘जीवन्त सम्बन्ध’ पुस्तक आउँदै

डा ओम मूर्ति अनिलको ‘जीवन्त सम्बन्ध’ पुस्तक आउँदै

हेल्थ टिभी अनलाइन \काठमाडौं : मुटुरोग विशेषज्ञ डा ओम मूर्ति अनिलले दोस्रो पुस्तक ‘जीवन्त सम्बन्ध’ ल्याउने भएका छन् । १० वर्षअघि म पनि डाक्टर नामक पुस्तक प्रकाशित गरेका डा ओम मूर्तिले यसपटक भने मुटुरोग भन्दा अलग जीवन, जगत र सम्बन्धका बारेमा पुस्तक ल्याउन लागेका हुन् । यो पुस्तक डा ओम फाउन्डेसनले प्रकाशित गरेको छ ।

आगामी शुक्रबार लोकार्पाण गर्न लागिएको उक्त पुस्तकका बारेमा जानकारी दिन आज काठमाडौंमा आयोजना गरिएको अन्तरर्किया कार्यक्रममा डा ओमले आफनो बुवाको मृत्युपछि जीवन र सम्बन्धलाई हेर्ने र सोच्ने तरिका नै परिवर्तन भएको भन्दै सोही कुराले पुस्तक लेख्न प्रेरित गरेको बताए । उनले ‘धेरै जनाले आफूसँग भएका कुरालाई बुझ्न नसक्दा र मनन गर्न नसक्दा बढी दुखी हुने गरेको भन्दै त्यसका लागि जीवन र सम्बन्धलाई समयमै बुझ्न आवश्यक रहेको जिकीर गरे ।

उनले आफनो पुस्तकमा जीवन, आफना मान्छे, आफन्त, आफूलाई माया र सदभाव गर्ने मान्छे सम्बन्ध भन्ने कुरा कति महत्वपूर्ण छ भन्ने कुरालाई मसिनो गरी प्रकाश पार्न खोजिएको बताए । डाक्टर भएर धेरै बिरामीको मुटु छामेका डा ओम मूर्तिले उपचारका क्रममा मुटु मात्र नभएर मन, मस्तिष्क तथा आर्थिक र सामाजिक परिवेश पनि बुझ्नने मौका मिल्ने हुँदा उनीहरुलाई सही सल्लाह र सुझाव दिन पनि डाक्टरकाे भूमिका महत्वपूर्ण हुने बताउँछन् । उनले एक जना व्यक्तिले आफनो घरमा श्रीमती वा श्रीमानलाई समेत भन्न नसकेका कुरा डाक्टरलाई भन्ने गरेको अनुभव सुनाउँदै यस्ता प्रत्यक्ष रुपमा व्यक्ति र परिवारसँग जोडिएका समस्याबाट बाहिर ल्याउन आफूले पुस्तकमा धेरै यस्ता समाधानसहितका च्याप्टरहरु लेखेको जिकीर गरे ।

उनले आफूले डाक्टर भएर भन्दा पनि समाजको एक जिम्मेवार व्यक्तिका रुपमा प्रस्तुत भएर उक्त पुस्तक लेखेको पनि जानकारी दिए । डा ओमले आफूले सामाजिक संजालमा राखेका सवालहरुमा आम सर्वसाधारणले राख्ने गरेको विचारले पनि पुस्तक लेख्न सजिलो भएको जिकीर गरे । उनले भने, ‘मैले यो पुस्तक आफ्नो दायित्व तथा मनमा लागेको भावना बाहिर ल्याउनुपर्छ भनेर लेखेको हो । यसमा मेरो अर्को कुनै स्वार्थ छैन्। बुवाको मृत्युपछि उहाँ जस्तै जेष्ठ नागरिकका लागि नि:शुल्क उपचार गर्न सकौं भनेर डा ओम फाउन्डेसन स्थापना गरेको छु । पुस्तकबाट आउने रकम फाउन्डेसनमा राखिनेछ र दुखी, असहाय जेष्ठ नागरिकको उपचारमा खर्च गरिनेछ ।’

उक्त पुस्तक दराज तथा इसेवाबाट पनि किन्न सकिने बताइएको छ । आगामी शुक्रबारसम्म बुकिङ गर्नेलाई १५ प्रतिशत छुट हुने र डेलिभरी चार्ज पनि नलाग्ने बताइएको छ । पुस्तकको मूल्य ६ सय रुपैयाँ राखिएको छ ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार