डाक्टरमाथि कुटपिट गर्नेलाई ७२ घण्टाभित्र कारवाही नगरे सेवा ठप्प पार्ने चिकित्सक संघको चेतावनी
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपाल चिकित्सक संघले हेटौंडामा डाक्टरमाथि आक्रमण गर्नेलाई ७२ घण्टाभित्र कडा कारबाहीको दायरामा ल्याउन सरकारलाई ७२ घण्टाको अल्टिमेटम दिएको छ।
संघले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ज्ञापन पत्र बुझाउँदै हेटौंडाको सन्चो अस्पतालमा डाक्टरमाथि आक्रमण गर्नेलाई ७२ घण्टा भित्रमा कानूनी कारबाहीको दायरामा ल्याउन अल्टिमेटम दिएको हो।
७२ घण्टाभित्र डाक्टर कुट्नेमाथि कारबाही प्रक्रिया अघि नबढे देशभरका सबै अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने संघको चेतावनी छ। भदौ २७ गते सन्चो अस्पतालका डाक्टर विकास थापा र डा प्रशान्त विडारीमाथि अस्पतालमा बिरामीको उपचारमा खटिएकै समयमा कुटपिट भएको थियो। बिरामीको मृत्यु भएपछि डाक्टरको लापरवाहीको आरोप लगाउँदै आक्रोसित आफन्तले डाक्टमाथि कुटपिट गरेका थिए ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?