केन्द्रीय कारागार अस्पतालमा स्पाइनल इन्जुरी सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न
हेल्थ टिभी अनलाइन \काठमाडौं : केन्द्रीय कारागार अस्पतालमा स्पाइनल इन्जुरीसम्बन्धी सचेतना कार्यशाला कार्यक्रम सम्पन्न भएको छ ।
स्पाईनल हेल्थ सम्बन्धि एक दिने कार्यशाला तथा तालिमका लागि अस्पताललाई स्पाइनल इन्जुरी पुर्नस्थापना केन्द्र, काभ्रे साँगाले प्राविधिक सहयोग गरेको हाे । केन्द्रीय कारागार अस्पतालको सभाहलमा आयोजित उक्त कार्यक्रममा केन्द्रीय कारागार अस्पतालका चिकित्सकहरु, स्वास्थ्यकर्मीहरु, नर्सिङ स्टाफहरु , प्रशासनिक तथा कारागार अस्पतालमा रहेका अन्य कर्मचारीहरु , केन्द्रीय सुधार गृह , भद्र सुधार गृह तथा महिला सुधार गृहका अस्पताल नाइकेहरु, कैदीबन्दी लगाएत ७० जनाभन्दा बढीको उपस्थिति रहेको थियो ।
केन्द्रीय कारागार अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेट डा. प्रकाश बुढाथोकीद्धारा उद्घाटन गरिएको उक्त कार्यशालामा स्पाइनल इन्जुरी पुनर्स्थापना केन्द्रका निर्देशक डा. राजु ढकालको टिमले अभिमुखीकरण, प्रयोगअभ्यास, खतराका चिन्हहरु तथा रोकथामका उपायहरुका बारेमा प्रस्तूतीकरण दिएका थिए ।
कार्यक्रममा सहायक जेलर मित्र लुईटेलले अस्पतालले कैदीबन्दीको स्वास्थ्यमा धेरै काम गरेको भन्दै अब नाम अनुसारको केन्द्रीय अस्पताल बनेको बताएका थिए । यसैगरी स्पाइनल इन्जुरी रिह्याब सेन्टरका मेडिकल निर्देशक डा. राजु ढकालले पनि कारागार अस्पतालले पछिल्लो समय गरेको गतिविधीको प्रशंसा गरेका थिए ।
केन्द्रबाट मेडिकल निर्देशक डा. ढकाल र कार्यक्रम निर्देशक हरि अधिकारीबाट अस्पतालका बिरामीहरुलाई सहज होस भन्दै ह्विल चियर प्रदान गरेका थिए । यसैगरी उक्त कार्यक्रममा प्राडा. सविना श्रेष्ठबाट प्राप्त पुस्तकहरु सुधार गृहका पुस्तकालयलाई डा. बुढाथोकीले केन्द्रीय, भद्र र महिला सुधार गृहका नाईकेहरुलाई हस्तान्तरण गरेका थिए ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’