Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

डा भगवान कोइरालाले बनाउन लागेको बाल अस्पताललाई आनी छोइङको १ करोड ८० लाख रुपैयाँ सहयोग

डा भगवान कोइरालाले बनाउन लागेको बाल अस्पताललाई आनी छोइङको १ करोड ८० लाख रुपैयाँ सहयोग

हेल्थ टिभी अनलाइन \काठमाडौं : वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा भगवान कोइरालाले बनाउन लागेको बाल अस्पतालको भवन निर्माणका लागि समाजसेवी तथा गायिका आनी छोइङ डोल्मा संस्थापक रहेको आनी छोइङ डोल्मा फाउन्डेसनले एक करोड असी लाख रुपैयाँ सहयोग गरेको छ । सोमबार काठमाडौंमा एक कार्यक्रम गर्दै फाउन्डेसनको तर्फबाट काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ किओचका लागि आनीले उक्त रकम डा कोइरालालाई हस्तान्तरण गरेकी हुन् ।

सहयोग रकम हस्तान्तरण गर्दै आनीले बालबालिकालाई उपचारको अभावमा हुने क्षति घटाउनका लागि र उनीहरुलाई उत्कृष्ट उपचार दिनका लागि बन्न लागेको अस्पतालका लागि आफूले सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरिन् । यसैगरी कार्यक्रममा डा कोइरालाले नेपालमा बालबालिकाका लागि सातै प्रदेशमा विशिष्टिकृत अस्पतालको आवश्यकता महसुस गरेर यो काम सुरु गरिएको जानकारी दिएका थिए । उनले मुख्य अस्पताल काठमाडौंको बुढानिलकण्ठमा रहने र सातै प्रदेशमा भौतिक संरचनासहितको स्टाटेलाइट अस्पतालका रुपमा अस्पताल निर्माण गरिने समेत जानकारी दिए ।

काठमाडौंमा अस्पतालको भवन बन्ने क्रममा रहेको छ भने यही परियोजना अन्तर्गत झापामा पहिलो किओच दमक बाल अस्पतालमा उपचार नै सुरु भइसकेको छ । ‘किओच’ बहुविशिष्टिकृत गैर नाफामूलक बाल अस्पताल हाे ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार