डा भगवान कोइरालाले बनाउन लागेको बाल अस्पताललाई आनी छोइङको १ करोड ८० लाख रुपैयाँ सहयोग
हेल्थ टिभी अनलाइन \काठमाडौं : वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा भगवान कोइरालाले बनाउन लागेको बाल अस्पतालको भवन निर्माणका लागि समाजसेवी तथा गायिका आनी छोइङ डोल्मा संस्थापक रहेको आनी छोइङ डोल्मा फाउन्डेसनले एक करोड असी लाख रुपैयाँ सहयोग गरेको छ । सोमबार काठमाडौंमा एक कार्यक्रम गर्दै फाउन्डेसनको तर्फबाट काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ किओचका लागि आनीले उक्त रकम डा कोइरालालाई हस्तान्तरण गरेकी हुन् ।
सहयोग रकम हस्तान्तरण गर्दै आनीले बालबालिकालाई उपचारको अभावमा हुने क्षति घटाउनका लागि र उनीहरुलाई उत्कृष्ट उपचार दिनका लागि बन्न लागेको अस्पतालका लागि आफूले सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरिन् । यसैगरी कार्यक्रममा डा कोइरालाले नेपालमा बालबालिकाका लागि सातै प्रदेशमा विशिष्टिकृत अस्पतालको आवश्यकता महसुस गरेर यो काम सुरु गरिएको जानकारी दिएका थिए । उनले मुख्य अस्पताल काठमाडौंको बुढानिलकण्ठमा रहने र सातै प्रदेशमा भौतिक संरचनासहितको स्टाटेलाइट अस्पतालका रुपमा अस्पताल निर्माण गरिने समेत जानकारी दिए ।
काठमाडौंमा अस्पतालको भवन बन्ने क्रममा रहेको छ भने यही परियोजना अन्तर्गत झापामा पहिलो किओच दमक बाल अस्पतालमा उपचार नै सुरु भइसकेको छ । ‘किओच’ बहुविशिष्टिकृत गैर नाफामूलक बाल अस्पताल हाे ।





व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य