छालारोग सम्बन्धी फार्मेसी सञ्चालनमा
हेल्थ टिभी अनलाइन \काठमाडौं : राजधानीको गोकर्णेश्वर नगरपालिकामा छाला सम्बन्धी पहिलो फार्मेसी संचालनमा आएको छ ।
नगरपालिकाको वडा नम्बर ५ जोरपाटीमा आवरण स्किन क्लिनिकको सहकार्यमा एस एन एच स्कीन, न्यूट्रिशन एण्ड हेल्थ नामक फार्मेसियाको दोस्रो आउटलेटको रुपमा उक्त फार्मेसी संचालनमा आएको हो । छाला तथा कपालसम्बन्धी समस्या भएका जो कोहीले फार्मेसीबाट उच्च स्तरको सेवा लिन सक्ने बताइएको छ ।
उक्त फार्मेसीमा विशेषज्ञ चिकित्सकले निशुल्क काउन्सिलिङ दिने तथा ५० प्रतिशत छुटमा अनलाइन मार्फत् परामर्श पनि लिन सकिनेछ । यसका साथै आवश्यक परेमा र फार्मेसीसम्म जान नसक्नेका लागि औषधीको अनलाइन डेलिभरीको पनि व्यवस्था रहेको जनाइएको छ ।
एस. एन. एचको पहिलो आउटलेट भने दरबारमार्गमा आवरण स्किनको सहकार्यमा सन् २०१६ देखि नै सञ्चालनमा रहेको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?