नेपाल क्यान्सर अस्पतालले मनायो विश्व फिजियोथेरापी दिवस
हेल्थ टिभी अनलाइन \काठमाडौं : ललितपुरको हरिसिद्धिमा रहेको नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरले शनिबार विश्व फिजियोथेरापी दिवस मनाएको छ ।
सेप्टेम्बर ८ तारिखका दिन विश्वभर फिजियोथेरापीको महत्व बुझाउनका लागि यो दिवस मनाउने गरिन्छ । यही सन्दर्भ पारेर अस्पतालमा विशेष कार्यक्रमको आयोजना गरिएको हो । नेपाल क्यान्सर अस्पतालका कन्सल्टेन्ट फिजियोथेरापिस्ट डा राजेन्द्र खत्रीले फिजियोथेरापी हरेक विधामा अत्यावश्यक चिकित्सा विधा भएको बताउँदै हाडजोर्नी, नशा, प्यारालाइसिस लगायतका रोग भएका मानिसलाई यो उपचार बढी प्रभावकारी हुने बताए। उनले हाडजोर्नीसँगै क्यान्सर रोगमा पनि फिजियोथेरापीको त्यत्तिकै महत्व रहने भन्दै क्यान्सरको शल्यक्रिया वा अन्य उपचारपछि देखिने साइड इफेक्टहरुलाई कम गर्दै छिटो निको हुन फिजियोथेरापीले महत्वपूर्ण भूमिका खेल्ने जिकीर गरे । उनले नेपाल क्यान्सर अस्पतालमा विशिष्टीकृत फिजियोथेरापी सेवा उपलब्ध रहेको समेत जानकारी दिए ।
यसैगरी कार्यक्रममा अस्पतालका कार्यकारी अध्यक्ष डा सुदिप श्रेष्ठले नेपाल क्यान्सर अस्पतालमा क्यान्सर बिरामीहरुलाई कसरी फिजियोथेरापी दिने गरिन्छ र यसको किन आवश्यक छ भन्ने विषयमा आफनो धारणा राखेका थिए । अस्पतालका मेडिक निर्देशक डा विजेशराज घिमिरेले अस्पतालका फिजियोथेरापिस्टका कारण क्यान्सर बिरामीहरुलाई छिटो निको हुन सहयोग भएको भन्दै साे युनिटका सबैलाई धन्यवाद समेत दिए ।
यस वर्षको फिजियोथेरापी दिवसको नारा ‘एक्सरसाइज विथ आर्थराइटिस’ भन्ने रहेको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?