भदौ २७ देखि पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप दिइँदै
हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सरविरूद्धको खोप ‘एचपीभी खोप’ भदौ २७ गतेदेखि लगाउन सुरु गर्ने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले एचपीभी खोप सातै प्रदेशका सात सरकारी अस्पतालबाट लगाउने बताएका छन्। उनले यस खोपको शुभारम्भ भने काठमाडौंको परोपकार प्रसूति तथा रोग अस्पतालबाट गर्ने तयारी भइरहेको जानकारी दिए।
गत असारमा सरकारले चीनबाट २० हजार मात्रा पाठेघरको मुखको क्यान्सरविरूद्धको एचपीभी खोप खरिद गरेर ल्याएको थियो।
‘ह्युमन प्यापिलोमा भाइरस’को कारणले पाठेघरको मुखमा क्यान्सर हुने गर्दछ। यो क्यान्सर समयमै खोप लगाएर बच्न सकिने क्यान्सर हो । १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरुलाई यो खोप बढी प्रभावकारी हुने बताइन्छ । यसको दुई मात्रा लगाउनुपर्छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?