स्वास्थ्य व्यवसायी परिषद्को लाइसेन्स परीक्षामा ५६ प्रतिशत परीक्षार्थी उत्तीर्ण
हेल्थ टिभी अनलाइन : नेपाल स्वास्थ्य व्यवसायी परिषदले लिएको नाम दर्ता लाइसेन्स परीक्षामा ५६ दशमलब ११ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्। परिषदले भाद्र १५ देखि २० गतेसम्म लिएको परीक्षाको नतिजा बुधबार सार्वजनिक भएको हो।
परीक्षामा स्नातकोत्तर, स्नातक र प्रमाणपत्र तीन तहका गरी ५ हजार ५ सय ३७ परीक्षार्थी सहभागी भएका थिए। प्रमाणपत्र तहमा ४ हजार ६ सय ४६ जनाले परीक्षा दिएकोमा २ हजार ७ सय २५ जना पास भएको परिषदले जनाएको छ।
त्यस्तै स्नातक तहमा ७ सय ५६ जनामा ३०८ जना र स्नातकोत्तर तहमा १२५ जनाले परीक्षा दिएकोमा ६८ जना उत्तीर्ण भएका छन्।
सधै पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन संस्थानमा परीक्षा केन्द्र तोक्ने परिषद्ले यसपटक भने त्यहाँ नमिलेको भन्दै बबरमहलस्थित नेपाल औषधि लिमिटेड परिसरमा परीक्षा केन्द्र तोकेको थियो ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण