नवलपुरमा जापानिज इन्सेफलाइटिसबाट एकको मृत्यु
हेल्थ टिभी अनलाइन\ काठमाडौं : लामखुट्टेको टोकाइबाट लाग्ने रोग जापानिज इन्सेफलाइटिसबाट नवलपुरमा एकजनाको निधन भएको छ। नवलपुरको देवचुली १७ निवासी ६६ वर्षीया महिलाको निधन भएको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ।
नवलपुरमा यस वर्षमा दुईजनामा जापानिज इन्सेफलाइटिस पुष्टि भएको र एकजनाको निधन भएको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईंले बताए।
चालु आर्थिक वर्षमा जिल्लामा जापानिज इन्सेफ्लाइटिसबाट मृत्यु भएको यो पहिलो घटना भएको कार्यालय प्रमुख चापागाँईले बताए। परीक्षण रिपोर्ट ढिलो गरी आउने हुँदा मृत्युपछि मात्र जापानिज इन्सेफ्लाइटिस पुष्टि भएको उनले बताए।
उनका अनुसार गत आवमा नवलपुरमा सातमा जापानिज इन्सेफ्लाइटिस पुष्टि भएकोमा पाँच जनाको ज्यान गएको थियो।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण