जनसंख्या र विकास सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन स्वास्थ्यमन्त्री बस्नेत इजिप्ट प्रस्थान
हेल्थ टिभी अनलाइन \काठमाडौं : जनसंख्या र विकास सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत सोमबार इजिप्ट प्रस्थान गरेका छन् ।
इजिप्टको राजधानी कायरोमा यही भदौ १९ देखि २२ गतेसम्म जनसंख्या र विकास सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुन लागेको छ । मन्त्री बस्नेतसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा विकास देवकोटा पनि इजिप्ट प्रस्थान गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री बस्नेतले इजिप्टको कायरोमा हुन लागेको अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालले स्वास्थ्य अवस्था सुधारका पक्षमा चालेका कदम र चुनौतिका विषयमा मन्त्रीस्तरीय बैठकमा आफुले कुरा राख्ने जानकारी दिए ।
यसका साथै आगामी महिना हुने विश्व स्वास्थ्य संगठन डब्लूएचओ को दक्षिण पूर्वि एशिया क्षेत्रका लागि क्षेत्रीय निर्देशकको उम्मेदवार बनेका नेपालका जनस्वास्थ्य विज्ञ डा शम्भु आचार्यका पक्षमा लबिङ गर्ने पनि मन्त्री बस्नेतले बताए । स्वास्थ्य मन्त्री बस्नेत यही भदौ २४ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?