कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुरु भयो डायलाइसिस सेवा
हेल्थ टिभी अनलाइन \काठमाडौं : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा हेमो डायलाइसिस सेवा सुरु भएको छ।
मिर्गौला फेल भएका बिरामीका लागि अत्यावश्यक हुने हेमो डायलाइसिस सेवा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा सुरु भएको छ । स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले बिहीबार जुम्ला पुगेर डायलाइसिस सेवाको शुभारम्भ गरेका छन् ।
अहिलेलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लालाई सरकारले ६ वटा डायलाइसिस मेसिन प्रदान गरेसँगै सेवा सुरु भएको हो ।
प्रतिष्ठानका उपकुलपति डा मंगल रावलले डायलाइसिस सेवा सुरु भएपछि मिर्गौला बिरामीले जुम्लामै सहज रुपमा सेवा पाउने बताए। उनले यस क्षेत्रका नागरिकलाई अब डायलासिसकै लागि अन्य ठाउँमा जानुपर्ने बाध्यताको अन्त्य भएको जिकीर गरे ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?