ह्याम्स अस्पतालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्र नि: शुल्क स्वास्थ्य सेवा प्रदान गर्ने
हेल्थ टिभी अनलाइन \काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय र ह्याम्स अस्पतालबिच त्रिभुवन विमानस्थलमा नि शुल्क स्वास्थ्य सेवा प्रदान गर्ने विषयमा सम्झौता भएको छ।
विमानस्थल सञ्चालनका क्रममा आइपर्ने आकस्मिक स्वास्थ्य सेवा र यात्रु तथा कर्मचारीहरूलाई जुनसुकै समयमा पर्ने आकस्मिक स्वास्थ्य सेवा प्रदान गर्न उच्चस्तरीय क्लिनिक स्थापना गरी सञ्चालन गर्ने विषयमा सम्झौता भएको हो ।
इमर्जेन्सी क्लिनिकमा चौबीसै घण्टा एक चिकित्सक र एक नर्स वा पारामेडिक्स द्वारा पुनरुत्थान ब्याकअप सहित सेवा प्रदान गरिने ह्याम्स अस्पतालका अध्यक्ष आर एस भण्डारीले जानकारी दिए । अस्पतालको सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सेवा प्रदान गरिने पनि भण्डारीले जिकीर गरे ।
विमानस्थलमा इमर्जेन्सी सेवा पछि थप उपचार गर्नुपरे ह्याम्स अस्पताल सम्म नि शुल्क एम्बुलेन्स सेवा प्रदान गरिनेछ उक्त सम्झौता अनुसार विमानस्थलमा ह्याम्स अस्पतालको एम्बुलेन्स चौबिसै घण्टा उपलब्ध हुनेछ ।
यस सम्झौता अनुसार विमानस्थलमा ह्याम्स अस्पतालले क्लिनिक सन्चालन गर्न आवस्यक स्थान नागरिक उड्डयन कार्यालयले नि शुल्क उपलब्ध गराउने बताइएको छ ।
ह्याम्स अस्पतालको तर्फबाट हवाई यात्रु तथा विमानस्थल कर्मचारीका लागि स्वास्थ्य जाँच, प्राथमिक स्वास्थ्य उपचार, आपतकालीन सेवा अन्तर्गत हृदयघात हुँदाको अवस्थामा दक्ष स्वास्थ्यकर्मीद्वारा यात्रु तथा कर्मचारीलाई थप सहज हुने सम्झौतापत्रमा उल्लेख छ । यो सम्झौता ३ वर्षका लागि गरिएको हो ।
सम्झौता पत्रमा ह्याम्स अस्पतालको तर्फबाट वरिस्ठ निर्देशक सची रेग्मी र विमानस्थलको तर्फबाट कर्पोरेट महाशाखा प्रमुख नारायणी देवी श्रेष्ठले हस्ताक्षर गरेका छन् ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?