स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा संगिता मिश्रा नियुक्त
हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा संगिता मिश्रा नियुक्त भएकी छन्।
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रीस्तरीय निर्णय गर्दै डा मिश्रालाई विभागको महानिर्देशकको जिम्मेवारी दिएका हुन्। यसअघि विभागको महानिर्देशकमा डा दिपेन्द्र रमण सिंह थिए।
डा मिश्रा स्वास्थ्य मन्त्रालयमा अतिरिक्त सचिव १२ औं तहमा थिइन्। यसैगरी मन्त्री बस्नेतले कान्ति बाल अस्पतालका निर्देशकको जिम्मेवारी पनि हेरफेर गरेका छन् ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?