क्रिटिकल केयरमा नर्सिङ नेतृत्व विषयक गोष्ठी सम्पन्न
हेल्थ टिभी अनलाइन \काठमाडौं : क्रिटिकल केयरमा नर्सिङ नेतृत्व विषयक एक दिने गोष्ठी सम्पन्न काठमाडौंमा सम्पन्न भएको छ ।
नेपलिज सोसाइटी अफ क्रिटिकल केयर मेडिसिनको सहकार्य तथा नेपाल क्रिटिकल केयर डेभलपमेन्ट फाउण्डेशनको सहयोगमा क्रिटिकल केयर नर्सेस एसोसिएसन अफ नेपालले शनिबार क्रिटिकल केयरमा नर्सिङ नेतृत्व विषयक एक दिने गोष्ठी आयोजना गरेको हो ।
उक्त गोष्ठीमा देशका विभिन्न अस्पतालबाट नर्सिङ निर्देशक र आईसीयू इन्चार्जहरुको उपस्थीती थियो । कार्यक्रमको उदघाटन समारोहमा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्राडा भगवान कोइराला, नेपाल नर्सिङ काउन्सिलका अध्यक्ष प्राध्यापक सरला केसीले नर्सिङ नेतृत्वको आवश्यक्ता र महत्वलाई प्रकाश पारेका थिए ।
यसैगरी नेपलिज सोसाइटी अफ क्रिटिकल केयर मेडिसिनका अध्यक्ष प्राडा शितल अधिकारी, नेपाल क्रिटिकल केयर डेभलपमेन्ट फाउण्डेशनका अध्यक्ष प्राडा सुवासप्रसाद आचार्य, क्रिटिकल केयर नर्सहरुको क्षेत्रीय महासंघ र्साकका अध्यक्ष लक्ष्मी केसी लगायतले कार्यशालाको उदघाटन समारोहलाई सम्बोधन गर्दै नर्सिङ महत्व र नर्सिङ नेतृत्वको बारेमा प्रकाश पारेका थिए ।
उक्त गोष्ठीमा कार्यक्रमकी संयोजक बरुना पौडेलले उक्त कार्यशालाको सम्पूर्ण कार्य बिवरणबारे जानकारी गराएकी थिइन ।
नर्सिङ नेतृत्वकाे आवश्यक्ता र महत्वका बारेमा हिरा निरौला, रोशनी तुईतुई, बाला राई, प्राडा सुवास प्रसाद आचार्य, कबिता सिटौला, लाल देवी मर्हजन, बरुना पौडेल, आशा पोखरेल, सुलेखा श्रेष्ठ, राज मेहेता, रुकमणी खड्का र करुना थापाले प्रस्तुती दिएका थिए ।
कार्यक्रमको समापन समारोहमा बोल्दै क्रिटिकल केयर नर्सेस एसोसिएसन अफ नेपालका अध्यक्ष बिमला श्रेष्ठले उक्त कार्यक्रमले नर्सहरुको नेतृत्व विकासमा सहयोग गर्ने विश्वास लिएको बताइन ।





व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य