शिशु बिक्री घटनामा संलग्न डाक्टरसहित ६ जना पक्राउ
हेल्थ टिभी अनलाइन \काठमाडौं : विराटनगरस्थित ग्रिनक्रस अस्पतालमा नवजात शिशु विक्री गरेको पुष्टि भएपछि डाक्टरसहित ६ जना पक्राउ परेका छन् ।
अस्पतालका डाक्टर तपेश्वर लाल कर्णको योजनामा शिशु ५ लाख रुपैयाँमा बिक्री भएको खुले लगत्तै विक्री गर्ने डाक्टर, शिशुका आमाबाबु, शिशु विक्रीमा सहयोग गर्ने नर्स र खरिद गर्ने दम्पत्तीलाई प्रहरीले पक्राउ गरेको हो ।
डा कर्णले अविवाहित दम्पत्तीबाट जन्मिएको शिशुलाई मोरङका नि: सन्तान दम्पत्तीलाई विक्री गरेका थिए । शिशुकी आमाले आफनो बच्चा आफूलाई नदिएपछि प्रहरीमा उजुरी गरेकी थिइन् ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?