डा दिलजान मंसुरको उपचार पद्धति गैर वैज्ञानिक : मेडिकल काउन्सिल
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाल मेडिकल काउन्सिलले डा दिलजान मंसुरले गर्दै आएको उपचार पद्धति गैरवैज्ञानिक भएको ठहर गर्दै यसलाई तत्काल रोकेर वैज्ञानिक उपचार गर्न सचेत गराएको छ ।
डा मंसुरले काठमाडौंको मैतिदेवीमा रहेको एफडीएच क्लिनिकमा गैर वैज्ञानिक र गैर व्यवसायिक ढंगले उपचार गर्ने गरेको भन्दै काउन्सिलमा उजुरी परेको थियो। सो उजुरीका आधारमा काउन्सिलले गरेको छानविनमा डा मंसुरले गैर वैज्ञानिक ढंगबाट सबै प्रकारका बिरामीलाई एउटै काउन्सिलङ र एउटै डाइट प्लान दिइएको, काउन्सिलले तोकेको भन्दा बढी फि लिइएको, दीर्घ रोगीले खाइरहेको औषधि आफु खुशी रोकेको पाइएको काउन्सिलले जनाएको छ । काउन्सिलको गत साउन २६ गते बसेको पूर्ण बैठकले उक्त उजुरीबारे छानबिन गर्दा डा मंसुरले काउन्सिल विपरित काम गरेको ठहर गरेको छ।
काउन्सिलले डा मंसुरलाई अब उपरान्त स्थापित वैज्ञानिक मूल्य मान्यताअनुरुप उपचार गर्न गराउनु भनी अन्तिम पटकलाई सचेत गराउने निर्णय गरेको छ । डा मंसुरले बिरामीलाई चिनी र कार्बोहाइड्रेड बन्द गराएर किटो डाइटमा राखेर छोटो समयमै वजन घटाउने काम गर्दै आएका थिए । त्यसैले धेरै मोटोपन भएका व्यक्तिको पहिलो रोजाईमा थियो उनको क्लिनिक ।
तर यसरी एक्कासी कार्ब हटाएर बोसो र चिल्लो मात्र खाँदा मुटु मिर्गौला लगायतको समस्या भएका बिरामी अस्पताल भर्ना हुने सम्मको स्थिती आएपछि डा मंसुर विरुद्ध उजुरी परेको थियो।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?