डेंगु संक्रमण बढ्दै, ‘ज्वरो क्लिनिक’ सञ्चालन गर्न अस्पताललाई निर्देशन
हेल्थ टिभी अनलाइन \काठमाडौं : डेंगु संक्रमण दिन प्रतिदिन बढ्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनतर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यसको प्रभावकारी उपचार तथा नियन्त्रणमा ध्यान दिन सम्बन्धित स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ ।
महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासिनीले दैनिक डेंगुको संक्रमण बढिरहेकाले संघीय अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आवश्यकतानुसार ‘ज्वरो क्लिनिक’ सञ्चालन गर्न आग्रह गरेका छन्।
उनले अस्पतालमा डेंगु रोगको चापका आधारमा ज्वरोको स्क्रिनिङका लागि ज्वरो क्लिनिकल सञ्चालन गर्नुपर्ने बताए। उनका अनुसार डेंगु संक्रमण अहिलेसम्म १४ हजार तीन सय ५७ जनामा देखिएको छ। यस्तै संक्रमण ७५ जिल्लामा फैलिएको र अहिलेसम्म १० जनाको संक्रमणको कारणले निधन भइसकेको छ।
सबैभन्दा बढी सुनसरी जिल्लामा सात हजार चार सय ९५ जनामा संक्रमण देखिएको छ। सुनसरी जिल्लामा मात्र कूल सङ्क्रमितको ५२ दशमलव दुई प्रतिशत रहेका छन्। महाशाखाका निर्देशक डा मरासिनीले डेंगु रोगको सही निदान र उपचार व्यवस्थापन गर्नसमेत अस्पताललाई निर्देशन दिएका छन्।
डेंगु रोगको निदान तथा उपचार व्यवस्थापनका लागि राष्ट्रिय डेंगु रोकथाम, नियन्त्रण तथा उपचार व्यवस्थापन निर्देशिकाअनुसार गर्न, स्वास्थ्य सेवा विभागबाट जारी गरिएको डेंगु रोकथाम तथा नियन्त्रण कार्ययोजना अुनसार कार्य गर्न र डेंगु रोगको निदानका लागि आवश्यक किटको सुनिश्चितसमेत गर्न अस्पताललाई भनिएको छ। डेंगु संक्रमण भदौ देखि मंसीरसम्म उच्च रहन सक्ने भन्दै महाशाखाले सतर्कता अपनाउन आग्रह गरेका छन् ।
लामखुट्टेबाट बच्नका लागि सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न सबैलाई अनुरोध गरिएको छ । रासस





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण