देशभर १३ हजार बढी डेंगु संक्रमित
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर डेगुं संक्रमितको संख्या तीब्र रुपमा बढ्दो छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार अहिले देशभर १३ हजार २९२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । यसैगरी ७४ जिल्लामा डेंगु संक्रमण देखिएको पनि महाशाखाले जनाएको छ ।
हालसम्म १० जनाको डेंगु संक्रमणबाट मृत्यु भइसकेको छ । कुल संक्रमितमध्ये ७ हजारभन्दा बढी सुनसरीमा मात्रै रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका निर्देशक डा रुद्र मरासिनीले वर्षाको समय भएकाले यो बेला जताततै पानी जम्ने भएकाले लामखु्ट्टेको संख्यामा वृद्धि भई डेंगु संक्रमण पनि बढ्ने बताए । उनले यो बेला अझ बढी सतर्कता अपनाउनपर्नेमा जोड दिए ।
महाशाखाले डेंगु संक्रमणबाट बच्नका लागि सधैं पूरा बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली लगाउन, घर वरपर पानी जम्न नदिन आग्रह गरेको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?