डा गोविन्द केसीको अनशन अहिलेलाई स्थगित
हेल्थ टिभी अनलाइन \काठमाडौं : डा गोविन्द केसीको माग पुरा गर्ने प्रतिवद्धता सरकारले गरेपछि डा केसीले अहिलेलाई आफनो अनशन स्थगित गरेका छन् । डा केसीले सोमबारदेखि सत्याग्रह सुरु गर्ने घोषणा गरेका थिए ।
सरकारले माग पूरा गर्न औपचारिक रुपमा समय मागेपछि एक महिनाका लागि सत्याग्रह स्थगित गरेको डा केसीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। उक्त अवधिमा पनि माग पूरा नभएमा भदौ २९ गतेबाट सत्याग्रह सुरु गर्ने उनले जनाएका छन्।
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सिटिईभिटीको सिट निर्धारण र विद्यार्थी भर्ना लगायतका विषयलाई लिएर अनशनको घोषणा गरेका डा केसीलाई सरकारले मागका सम्बन्धमा समय आवश्यक पर्ने भन्दै अनशन स्थगित गर्न अनुरोध गरेको थियो ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण