बाढी, पहिरोको जोखिमबाट जोगिन गर्नुपर्ने ५ तयारी
हेल्थ टिभी अनलाइन : यतिबेला देशभर भारी वर्षा भइरहेको छ । यदि तपाइँको घर, गाउँ बाढी, पहिरोको उच्च जोखिममा छ भने केही तयारीहरु पहिले नै गरेर बस्नुपर्ने हुन्छ ।
यदि नदीको जलसतहले सर्तकता तह पार गरेमा मोबाइलमा म्यासेज आउनेगर्छ त्यसैले म्यासेज आयो की जाँची गरिरहनुस । यसैगरी यदि जोखिम बढेकाले सुरक्षित स्थानतर्फ जान भनिएको छ भने अनिवार्य सुरक्षित स्थानतर्फ जानुहोस्।
सञ्चारका लागि आफनो मोबाइल ठीक अवस्थामा राख्नुहोस्। मोबाइलमा आइपर्नसुक्ने अत्यावश्यक फोन नं जस्तै एम्बुलेन्स, प्रहरी, अस्पताल जानपरेमा स्वास्थ्यकर्मीलगायतको नंबर राख्नुहोस् । यसैगरी आफनो अत्यावश्यक औषधि, घरको कागजात, नागरिकता, जन्म दर्ता, शैक्षिक प्रमाणपत्रहरु एउटा झोलामा आफैसँग राख्नुहोस ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?