एकल महिला र उनीहरुका छोराछोरीलाई क्यान्सर उपचारमा छुट
हेल्थ टिभी अनलाइन \काठमाडौं : एकल महिला र उनीहरुका १८ वर्ष मूनिका छोराछोरीलाई क्यान्सर उपचारमा छुट दिइने भएको छ । नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरले उक्त छुट प्रदान गर्ने भएको हो ।
बुधबार क्यान्सर उपचारबारे मानव अधिकारको लागि महिला, एकल महिला समूह र नेपाल क्यान्सर अस्पतालवीच सम्झौता भएको हो । सो सम्झौता पत्रमा अस्पतालका तर्फबाट निर्देशक स्वरुपा श्रेष्ठ र समूहका तर्फबाट अध्यक्ष कविता पाण्डेले हस्ताक्षर गरेका हुन।
यो सम्झौता अनुसार नेपाल क्यान्सर अस्पतालले वेलनेस प्याकेज अन्तर्गत समूहका सदस्यहरुलाई र उनीहरुका १८ वर्ष मूनिका छोराछोरीलाई उपचारमा छुट दिनेछ । यो सम्झौता एक वर्षका लागि मान्य हुनेछ । मानव अधिकारको लागि महिला, एकल महिला समूह महिलाहरुको हक अधिकारमा काम गर्ने संस्था हो ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?