आँखा पाक्ने रोग फैलिन थालेपछि भरतपुर महानगरका सबै विद्यालय ५ दिन बन्द
हेल्थ टिभी अनलाइन \काठमाडौं : आँखा पाक्ने रोग फैलिन थालेपछि भरतपुर महानगरले सबै विद्यालय ५ दिनका लागि बन्द गरेको छ ।
पछिल्लो समय देशका विभिन्न स्थानमा एडिनो भाइरसको संक्रमणबाट आँखा पाक्ने समस्या देखिएको छ । यो सरुवा रोग भएकाले एकबाट अर्को व्यक्तिमा सजिलै सर्ने गर्छ । त्यसैले विद्यालयमा एक जनालाई हुने बित्तिकै सँग रहने धेरैलाई समस्या हुन सक्ने भन्दै महानगरले विद्यालय बन्द गराएको जनाएको छ ।
यो ५ दिनको बिदा वर्षे बिदा वा हिउँदे बिदाबाट मिलान गर्ने गरी मिलाउन भनिएको छ । विद्यालय आजदेखि २६ गतेसम्म बन्द रहनेछ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?