सबै वडाहरुमा डेंगु फैलाउने लामखुट्टेको लार्भा नस्ट गर्ने कार्यक्रम सञ्चालन गर्दै काठमाडौं महानगर
हेल्थ टिभी अनलाइन\ काठमाडौं : काठमाडौं महानगरपालिकाले सबै वडाहरुमा डेंगु फैलाउने लामखुट्टेको लार्भा नस्ट गर्ने कार्यक्रम सञ्चालन गरिरहेको छ ।
डेंगुको संक्रमणबाट हुन सक्ने महामारी रोकथाम र नियन्त्रणका लागि काठमाडौँ महानगरपालिकाले सबै वडामा एकै पटक लार्भा नष्ट गर्नेसहित सचेतना अभियानलाई तीब्र बनाएको हो । यस क्रममा बुधबार वडा वडामा पानी जमेका ठाउँमा लार्भा नष्ट गर्ने, सर्वसाधारणलाई रोगका विषयमा जानकारी दिने, सरसफाइ गर्ने, सफा गरिएको ठाउँमा चुना छर्किने क्रियाकलाप गरिएको थियो । यस क्रममा वडा वडामा लार्भा नष्ट गर्ने, सर्वसाधारणलाई रोगका विषयमा जानकारी दिने, सरसफाइ गर्ने, सफा गरिएको ठाउँमा चुना छर्किने क्रियाकलाप भइरहेको छ । माइकिङ् गरेर रोगका विषयमा जानकारी दिँदै, रोग नियन्त्रणका लागि नागरिकको सहभागिताका लागि अनुरोध गरिँदै छ । वडाको अगुवाईमा चलेको कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, महिला स्वयमसेविकासहित स्थानीयहरु सहभागी भइरहेका छन् ।
यसका अतिरिक्त महानगरले डेंगु रोगको बारेमा टेलिफोनमार्फत परामर्श दिन रोगका लक्षण, उपचार, सावधानी हटलाइन ११८० लाई २४ सै घण्टा सञ्चालनमा ल्याएको छ । अस्पताल जानु परे १०२ नम्बर सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स प्रयोग गर्न सकिने प्रबन्ध मिलाइएको छ । रोगको उपचारका लागि चाहिने सिटामोल, जीवन जल लगायत आवश्यक औषधिहरु स्वास्थ्य प्रवर्धन केन्द्रमा पर्याप्त उपलब्ध गराएको पनि महानगरले जनाएको छ ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य