नेपाल क्यान्सर अस्पतालमा फोक्सोको क्यान्सरबारे सचेतना कार्यक्रम सम्पन्न
हेल्थ टिभी अनलाइन \काठमाडौं : ललितपुरको हरिसिद्धिमा रहेको नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरले फोक्सोको क्यान्सरबारे सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।
मंगलबार विश्व फोक्सो क्यान्सर दिवसको अवसर पारेर अस्पतालमा जनचेतनामूलक अन्तक्रिया कार्यक्रममको आयोजना गरिएको हो ।
कार्यक्रममा अस्पतालका कन्सल्टेन्ट कार्डियोथोरासिक सर्जन डा सम्पूर्णमान तुलाधरले नेपालमा फोक्सो क्यान्सरका बिरामी र उनीहरुको अवस्थाबारे प्रस्तुती दिएका थिए । उक्त कार्यक्रमा अस्पतालका विभिन्न विभागका कार्यरत चिकित्सक, नर्स, स्वास्थ्यकर्मी तथा कर्मचारीकाे सहभागिता रहेको थियो ।
विश्वमा पुरुषहरुमा हुने क्यान्सरमध्ये फोक्सोको क्यान्सर नै पहिलो नंबरमा पर्छ भने सबैभन्दा बढी मृत्युको कारण पनि यही क्यान्सर बन्ने गरेको छ । नेपालमा पनि पुरुषहरुमा देखिने क्यान्सरहरूमध्ये पहिलो नम्बरमा देखिने क्यान्सर भनेको फोक्सोको क्यान्सर नै हो ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?