कैदीबन्दीको स्वास्थ्य तथ्यांक प्रतिवेदन सार्वजनिक
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभरका ७४ कारागार कार्यालयमा रहेका कैदीबन्दीहरुको स्वास्थ्य अवस्था र त्यहाँ कार्यरत स्वास्थ्यकर्मी सहितको केन्द्रीय कारागार अस्पतालको वार्षिक प्रगति प्रतिवेदन २०८० सार्वजनिक भएको छ।
केन्द्रीय कारागार अस्पतालको सभाहलमा आयोजित सार्वजनिकरण कार्यक्रममा प्रमुख अतिथि गृह सचिव दिनेश भट्टराई तथा स्वास्थ्य सचिब डा रोशन पोख्ररेलले उक्त प्रतिवेदन सार्वजनिकरण गरेका हुन्। कार्यक्रममा केन्द्रीय कारागार अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाश बुढाथोकीले अस्पतालको संक्षिप्त जानकारी दिदै वर्षभर करिब ३५ हजार कैदीबन्दीलाई बहिरंग तथा १ हजार बढीलाई अन्तरंग सेवा प्रदान गरिएको बताउँदै अस्पतालको अझै गुणस्तरिय सेवा विस्तारमा भौतिक पुर्वाधार बाधक रहेको बताए। उनले थप शैया र विशिष्टिकृत सेवा विस्तार गर्न नसकेकै कारण गत आर्थिक वर्षमामा ६ हजार भन्दा धेरै बिरामी कैदीबन्दीलाई २३ वटा अस्पतालसँग संझौता गरी सेवा र उपचार गर्न परिरहेको जानकारी दिए।
कारागार व्यवस्थापन विभागका महानिर्देशक चक्रपाणी पाण्डेले कैदी बन्दीहरु सबै थुनुवा पुर्जीको आधारमा स्वास्थ्य बिमा गर्ने गरि अघि बढेकोले सबै कैदीबन्दी तथा थुनुवालाई स्वास्थय बिमाको दायरामा राखिने, सञ्चालित एक दिने मनोसामाजिक परामर्श अत्यन्त प्रभावकारी भएकाले यस आथिक वर्षमा पनि गरिने जानकारी दिए।
कार्यक्रमका प्रमुख अतिथि स्वास्थ्य सचिब डा रोशन पोख्ररेले गुमनाम रहेको अस्पताललाई डा बुढाथोकी आएपछि व्यवस्थापकीय सुधार भएको र अन्तरमन्त्रालय समन्वय गर्न सफल भएको भन्दै आजैको कार्यक्रममा दुवै मन्त्रालयका सचिव र पदाधिकारी उपस्थिति गराउनसक्नु एक गतिलो उदाहरण भएको बताए। राज्यले स्वास्थयमा प्रशस्तै लगानी गरिएपनि लक्षित वर्गसम्म पुग्न नसकेको बताउदै स्वास्थ्य बिमामा सवै कैदीबन्दीलाई आवद्ध गर्नसके धेरै फाइदा हुने बताए।
त्यसैगरी अर्का प्रमुख अतिथि गृह सचिव,दिनेश भट्टराई ज्यूले सिमित स्रोत र साधनका बिच पनि अस्पतालले गरेका कार्यक्रमहरुको नजिकबाट निगरानी गरिरहेकोले सराहाना गर्दै सधै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
अस्पतालका शाखा अधिकृत रमा घिमिरेद्धारा सञ्चालित तथा अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेट डा.प्रकाश बुढाथोकीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा गृह सचिव दिनेश भट्टराई, स्वास्थ्य सचिब डा. रोशन पोख्रेल, कारागार व्यवस्थापनका महानिर्देशक चक्रपाणी पाण्डे, नीति योजना अनुगमन तथा मुल्यांकन महाशाखा प्रमुख, गृह मन्त्रालय र स्वास्थ्य मन्त्रालयका क्रमश रुद्रादेवी शर्मा र डा. कृष्ण पौडल, प्रमुख कारागार प्रशासक जगन्नाथदेवलका ललित कुमार बस्नेत, प्रमुख कारागार प्रशासक डिल्लीबजारका राम बहादुर महत ,प्रमुख कारागार प्रशासक नख्खुका कल्पना घिमिरे, नेपाल प्रहरी अनाश्रित गुल्म प्रमुख प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापा,केन्द्रीय कारागार कारखाना प्रमुख रामहरि ढुंगेल लगायतका केन्द्रीय कारागार अस्पतालका बिशेषज्ञ चिकित्सक,चिकित्सक,स्वास्थ्यकर्मी, संचारकर्मी तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य