Health TV Online
Health TV Online
Health TV Online

फार्मेसी जनशक्तिको दरबन्दी अबिलम्ब सिर्जना गर्न एनपीएको माग

फार्मेसी जनशक्तिको दरबन्दी अबिलम्ब सिर्जना गर्न एनपीएको माग

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाल फर्मास्युटिकल एसोसिएशन नेपाल (एनपीए)ले सरकारी तथा निजी स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य संस्था संचालन सम्बन्धी मापदण्डअनुसार फार्मेसी जनशक्तिको दरबन्दी अबिलम्ब सिर्जना गर्न माग गरेको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई ज्ञापनपत्र बुझाउँदैं एनपीएले उक्त माग गरेको हो । उसले अस्पताल फार्मेसी सेवा निर्देशिका, २०७२ पूर्ण रुपमा लागू गरिनुपर्ने तथा मन्त्रालयले कार्यान्यनको अवस्थामा पनि अनुगमन गरिनुपर्ने मागसमेत गरेको छ ।

औषधी सम्बन्धि सेवा हुने आधारभूत स्वास्थ्य सेवा केन्द्रमा फार्मेसी जनशक्तिको उचित दरबन्दी सिर्जना गरिनुपर्ने माग राख्दै मन्त्रालयको ध्यानाकर्षण गराएको एनपीएका महासचिव संजीव शर्मा कट्टेलले जानकारी दिए । उनले सरकारले सात वटै प्रदेशमा प्रादेशिक राष्ट्रिय औषधी प्रयोगशाला स्थापना गर्नुपर्ने बताए । अहिले काठमाडौंमा मात्र प्रयोगशाला रहेको छ । ‘औषधीको परीक्षण गर्न अहिले प्रदेशले काठमाडौंमा पठाउनुपर्ने बाध्यता रहेको छ,’
महासचिव कट्टेटलले भने, ‘सातै प्रदेशमा प्रादेशिक राष्ट्रिय औषधी प्रयोगशाला स्थापना भए औषधीको अनुचित प्रयोग रोकिने र बिरामीले गुणस्तरीय औषधीको सेवन गर्न पाउने थिए ।’ एनपीएले गाउँपालिकामा फार्मेसी सुपरभाइजर, नगरपालिकामा फार्मेसी अफिसर रहने गरी संरचना निमार्ण गरी राज्यले दरबन्दी सिर्जना गर्नुपर्ने उनले बताए । औषधीजन्य सामग्रीमा स्वास्थ्यको करिब ४० प्रतिशत बजेट खर्च हुने गरेको छ । ‘तर, सोको गुणस्तर एकिन तथा उचित छनोट, प्रयोग, भण्डारण वितरण आदिमा दक्ष जनशक्ति उपयोग नगर्दा वर्षेनी औषधी गुणस्तरहीन भएर आर्थिक स्रोत खेर जाने तथा जनताले पनि उचित सेवा प्राप्त नगर्ने अवस्था रहेको व्यहोरा अवगत गराउँदछौं,’ एनपीएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

उत्पादन भैरहेको फार्मेसी जनशक्तिलाई उचित दरबन्दी सिर्जना नगरी उपयोगबिहीन राखेको महासचिव कट्टेलले बताए । ‘अन्य जनशक्तिलाई औषधी सम्बन्धि अनधिकृत कार्य गर्न दिने सिलसिला रहेको हालको अवस्थामा स्वास्थ्य संस्थाहरु सम्बन्धि कार्य गर्न यस एसोसिएसन जोडदार माग गर्दछ,’ ज्ञापनपत्रमा उल्लेख छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार