कार्यालय समय अनिवार्य पालना गर्न कर्मचारीलाई स्वास्थ्य मन्त्रालयको निर्देशन
हेल्थ टिभी अनलाइन\ काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल सरकारले निर्धारण गरेको कार्यालय समय पालना गर्न सम्पूर्ण कर्मचारीलाई निर्देशन दिएको छ।
सबै विभाग र अस्पतालहरूलाई पत्राचार गर्दै मन्त्रालयले स्वास्थ्य सेवा तथा निजामती सेवा तर्फका सम्पूर्ण कर्मचारीहरू सरकारले निर्धारण गरेको कार्यालय समयमा कार्यालयमा उपस्थित रहे नरहेको सम्बन्धमा कार्यालय प्रमुखबाट नियमित रुपमा अनुगमन तथा निरीक्षण गर्न समेत भनेको छ।
साथै मन्त्रालयबाट समेत समय समयमा अनुगमन तथा निरीक्षण हुने जनाइएको छ ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य