अनुहारको विकृतिसम्बन्धी उपचारका लागि नख्खुमा विशिष्टिकृत अस्पताल बन्दै
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पहिलोपटक अनुहारका विकृतिसम्बन्धी समस्याको उपचारको लागि विशिष्टीकृत अस्पताल बन्ने भएको छ । नेपाली बिरामीहरुलाई नि:शुल्क उपचार गर्ने उद्धेस्यका लाथि उक्त अस्पताल बन्न लागेको क्रेनियोफेसियल सर्जन तथा अस्पतालका सञ्चालक डा सुमित सिंहले जानकारी दिए ।
डा सिंहका अनुसार उक्त अस्पतालमा क्लेफ्ट चिल्ड्रेन इन्टरनेशनलको आर्थिक सहयोगमा बिरामीको नि:शुल्क उपचार गरिनेछ । विश्वप्रख्यात क्रेनियोफेसियल प्राडा हर्मन सेलरद्धारा स्थापित क्लेफ्ट चिल्ड्रेन इन्टरनेशनलको वैदेशिक अंशका रुपमा नेपालमा पनि पहिलोपटक नेशनल इन्स्टिच्युट अफ क्रेनियोफेसियल सर्जरी निक्स -द फेस हस्पिटलको स्थापना गरिएको हो ।
यो अस्पताल नेपालमा स्थापना गरेर उपचारको पहुँचबाहिर रहेका अनुहारको विकृतिको समस्या भएका धेरै बिरामीको निशुल्क उपचार गर्ने १२ वर्षअघिदेखिको आफनो चाहना अब बल्ल पूरा हुने भएको डा सिंहले जनाए । उनले आर्थिक अभावका कारण उपचार गर्न नसक्नेका लागि यो अस्पताल र सेवा धेरै महत्वपूर्ण रहेको समेत जिकीर गरे । यो उपचार सेवा सम्पूर्ण मात्रामा नि:शुल्क हुने र यसमा उपचार भरी बिरामी मात्र नभएर एक जना कुरुवाको खान बस्नको समेत व्यवस्था गरिने जनाइएको छ ।
अहिलेलाई उक्त सेवा कान्तिपुर डेन्टल अस्पतालबाट सुरु हुनेछ भने नख्खुमा डेढ वर्षभित्र अस्पताल भवन बनाइसकेर सेवा सुरु गरिनेछ । यस संस्थाले सुरुको वर्ष ५ सय जना र त्यसपछि प्रत्येक वर्ष १५ सय बिरामीको निशुल्क शल्यक्रिया गर्ने लक्ष्य लिएको छ । यद्यपी बिरामी धेरै आएमा सबैको उपचार निशुल्क गर्न सकिने समेत डा सिंहले जानकारी दिए ।
डा सिंहले भने, ‘नेपालमा खुँडोपनको उपचार केही संस्थामा हुने गरे पनि यसको विभिन्न पाटासँग जोडिएको समस्याको भने सम्पूर्ण उपचार निशुल्क हुन सकेको थिएन । अब भने यो सेन्टरको सेवा सुरु भएसँगै खुँडोपन वा अनुहारमा भएको जस्तोसुकै विकृतिको सस्तोदेखि महंगोसम्म उपचार निशुल्क हुनेछ । त्यसैले हामी अरुभन्दा अलि फरक छौं र विशिष्टीकृत छौं ।’
नेपालमा हरेक ८ सय जनामध्ये एक जनामा खुँडोपन वा अनुहारको विकृतिको समस्या देखिने गरेको तथ्यांक छ ।





व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य