विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा ब्रेन एनोरिजमको जटिल सर्जरी
हेल्थ टिभी अनलाइन \काठमाडौं : विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा एक बिरामीको टाउकोको नसा फुटेको जटिल समस्याको शल्यक्रिया माइक्रोस्कोप माध्यमबाट सफलतापूर्वक सम्पन्न गरिएको छ । उक्त सर्जरी न्यूरो विभागका प्रमुख एवं बरिष्ठ न्यूरो सर्जन डा प्रकाश काफ्ले नेतृत्वको चिकित्सकहरुको टोलीले सम्पन्न गरेको हो।
विराटनगरका ४८ बर्षिय महिलालाई टाउको दुखेर बेहोस भएपछि परिवारले अस्पताल पुर्याएको थियो।
बरिष्ठ न्यूरो सर्जन डा प्रकाश काफ्लेका अनुसार ब्रेन ब्रेन एनोरिजम क्लिपिङ एक प्रकारको माइक्रो सर्जरी हो जसमा मेटल सर्जिकल क्लिप मस्तिष्कमा धमनी विस्फार बन्द गर्न प्रयोग गरिन्छ। शल्य चिकित्सकले बिरामीको दिमागमा पुग्नको लागि टाउकोमा सानो प्वाल बनाउँछन। यसरि माइक्रोस्कोप बाट सर्जरी गर्दा स्नायु, रक्त नली र मस्तिष्कको तन्तुलाई हानी नपुग्ने गरी माइक्रो सर्जरी गर्दा बिरामीलाई समेत छोटो समय अस्पताल बस्नु पर्ने र न्यूरो सर्जन लाई पनि काम गर्न सजिलो हुने बताइन्छ ।
टाउको भित्रको धमनी सुन्निने अवस्थालाई ब्रेन एनोरिजम भनिन्छ । यस्तो अवस्थामा धमनीहरु फुटेका कारण सामान्यतया बिरामीहरु कोमामा जाने हुन्छन् ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?