विशेषज्ञ डाक्टरको समूह मिलेर स्लाभिका आइभीएफ सेन्टर संचालन गर्दै
हेल्थ टिभी अनलाइन \काठमाडौं : आ- आफनो क्षेत्रमा विशेषज्ञता हासिल गरेका डाक्टरहरुको समूह मिलेर काठमाडौंको सिनामंगलमा अत्याधुनिक सेटअपसहितको स्लाभिका आइभीएफ सेन्टर संचालन गर्ने भएका छन्।
बुधबार आइभीएफ सेन्टरका बारेमा जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा केन्द्रका अक्ष्यक्ष तथा वरिष्ठ इम्ब्रोयोलोजिस्ट डा अजय जंग कुवँरले नेपालमै पहिलोपटक आइभीएफका लागि गर्नुपर्ने सम्पूर्ण जाँचहरु आफनै सेन्टरमा गर्न सकिने सुविधासहितको आइभीएफ सेन्टर स्थापना गर्न खोजेको बताए । उनले अहिले बजारमा भएका आइभीएफ सेन्टरहरुभन्दा आफनो सेन्टर यहाँ पाइने सेवा सुविधाका आधारमा अलग भएको समेत जिकीर गरे । उनले आफूहरुले इम्ब्रियो बायोप्सी सुविधासहितको सेटअप तयार गरेको भन्दै अन्य सेन्टरहरुमा हालसम्म विदेशबाट विज्ञ ल्याएर बायोप्सी गराउने गरेको र त्यसका कारण सम्पूर्ण आर्थिक भार बिरामीले बेहोर्नुपरेको समेत जानकारी दिए । उनले भने, अब बायोप्सी पनि यहीं हुने भएपछि बिरामीलाई पक्कै पनि सेवामा सस्तो पर्न जानेछ । यसैगरी स्लाभिका नेपालमा आफनै प्री इम्प्लान्टेसन जेनेटिक स्क्रिनिङ सर्भिस उपलब्ध भएको पहिलो आइभीइफ सेन्टर हुनेछ, उनले थपे ।
स्लाभिका आइभीएफ सेन्टरमा हेमाटोलोजी, इन्डोक्राइन, सर्जिकल ओपीडी, छाला रोग, स्त्री तथा प्रसुतिलगायतका सेवाहरु पनि उपलब्ध हुनेछन् । स्त्री तथा पुरुषमा हुने बाँझोपन सम्बन्धी उपचार तथा वंशाणुगत रोगको सम्पूर्ण उपचार हुनेछ । प्रि इम्प्लान्टेसन जेनेटिक स्क्रिनिङ र इम्ब्रियो फ्रिजिङसम्मको सुविधा यहाँ हुने बताइएको छ ।
केन्द्र शुभारम्भको अवसर पारेर साउन महिनाभर प्रसुति तथा बाँझोपन सम्बन्धी परामर्श सेवा निःशुल्क गरेको छ भने रगत सम्बन्धि जाँचहरुमा ३० प्रतिशत छुट प्रदान गरिने जनाइएको छ ।
सेन्टरमा स्त्री तथा प्रसुति रोग तथा निःसन्तान रोग विशेषज्ञ डा निकिता ढकाल, इम्ब्रोयोलोजिस्ट डा सम्झना फुँयाल, आनुवांशिक रोग विशेषज्ञ डा निलम ठाकुरलगायतका विशेषज्ञ डाक्टरहरुले सेवा दिनेछन्। सेन्टरमा प्रत्येक वर्ष अति विपन्न वर्गका ३ जोडी दम्पत्तीलाई नि:शुल्क आइभीएफ सेवा प्रदान गरिने सेन्टरका अध्यक्ष कुवँ-रले बताएका छन्।
आजदेखि ओपीडी सेवा सुरु गरेको यस सेन्टरले अबको दुई महिनामा सम्पूर्ण उपकरण जडान गरिसकेर आइभीएफ सेवा सुरु गर्ने लक्ष्य लिएको छ ।






अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’