मनमोहन कार्डियोथोरासिक सेन्टरका फार्मेसी इन्जार्च मृत भेटिए
हेल्थ टिभी अनलाइन \काठमाडौं : महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका एक जना कर्मचारी मृत अवस्थामा फेला परेका छन् ।
सेन्टरका फार्मेसी इञ्चार्ज ३५ वर्षीय अमृत पोखरेल झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।
शुक्रबार बिहान साढे ८ बजे झुण्डिएको अवस्थामा फेला परेको भन्दै खबर आएपछि प्रहरी वृत्त, महाराजगञ्जको टोली अस्पताल पुगेको थियो । घटनास्थलमा ‘सुसाइट नोट’समेत भेटिएको छ ।
प्रहरीले यसबारेमा अनुसन्धान सुरु गरेको बताएको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?