प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालकाे कार्डियाक अरेस्टका कारण निधन
हेल्थ टिभी अनलाइन \काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उनको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो ।
अस्पतालले प्रेस विज्ञप्ति जारी गर्दै सीताको आज बिहान ८ बजेर ३३ मिनेटमा निधन भएको जनाएको छ । स्वास्थ्य अवस्था गम्भीर भएपछि अचेत अवस्थामा उनलाई आज बिहान अस्पताल लगिएको थियो ।
सीता लामोसमयदेखि न्यूरो सम्बन्धी ‘प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी’ नामक दुर्लभ रोगग्रसित भएर ओछ्यान परेकी थिइन । उनी ६९ वर्षकी थिइन । विभिन्न समस्याबाट थला परेकी दाहालको कार्डियाक अरेस्टका कारण निधन भएको अस्पतालले जनाएको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?