कोशी प्रदेशमा अंगदान सचेतना कार्यक्रम
हेल्थ टिभी अनलाइन : कोशी प्रदेशको रामधुनी नगरपालिकामा अंगदान सचेतना कार्यक्रम सम्पन्न भएको छ । अंगदान जस्तो मानविय काम अहिलेको सन्दर्भमा निकै सान्दर्भिक हुने अभिप्रायले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुकार चन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा रामधुनी नगरपालिका झुम्कामा अंगदान सम्बन्धी अन्तरक्रिया तथा बृहत अंगदान कार्यक्रमको आयोजना गरिएको हो ।
अंगदानको महत्व बुझाउनकै लागि कोशी प्रदेशको रामधुनी नगरपालिका झुम्कामा अन्तक्रिया तथा बृहत अंगदान कार्यक्रम आयोजना गरिएको हो । उक्त कार्यक्रममा अंगदान के हो रु मानव शरिरका कुन कुन अंगहरू दान गर्न सकिन्छ । अंगदानको कानुनी प्रक्रिया के कस्तो छ भनेर सरोकारवाला पक्ष बिच अन्तक्रिया समेत गरिएको थियो । सोही कार्यक्रममा रामधुनी नगरपालिकाका प्रमुख शंकर लाल चौधरी मस्तिष्क मृत्यू पश्चात अंगदान गर्ने घोषणा समेत गरे ।
साई हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाद फूँयालले कोशी प्रदेशमा अगंदानलाई ब्यापक बनाउने र एक वर्ष भित्र १५०० जनालाइ अंगादन गराउन सक्दो पहल गर्ने कुरा बताए ।
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुकार चन्द्र श्रेष्ठले केन्द्रले देशमै पहिलो पटक मस्तिष्क मृत्युवाट हुने मृगौला तथा कलेजो प्रत्यारोपण, अंगदान सम्बन्धी व्यापक प्रचार प्रशार तथा देश भरी डायलाइसिस विस्तार गर्न सघाउनका साथै सबै प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्ने तयारी गरेको जनाए । उनले गण्डकी प्रदेशको साथै कर्णाली प्रदेश अन्तर्गतको सुर्खेत प्रादेशीक अस्पतालमा प्रत्यारोपण सेवा सुरु भैसकेको छ भने क्रमश सेती प्रादेशिक अस्पताल, धनगढी, बागमती प्रदेशको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको हेटौडा अस्पताल र कोशी प्रदेशको कोशी अस्पताल विराटनगर हुँदै देशको सातै प्रदेशमा प्रत्यारोपण कार्यको तयारी भै रहेको कुरा जानकारी दिए ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’