नेपालमा आफूखुशी एन्टिबायोटिकको प्रयोग बढ्दो : अध्ययन
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा आफूखुशी एन्टिबायोटिकको प्रयोग बढ्दो देखिएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले एक वर्ष लगाएर गरेको अनुसन्धानले यस्तो देखाएको हो । बिहिबार अनुन्धानको नतिजा सार्वजनिक गर्दै परिषद्का कार्यकारी सदस्य सचिव डा प्रदिप ज्ञवालीले नेपालमा एन्टिबायोटिकको प्रयोग आफूखुशी फार्मेसी पसलमा गएर किनेर खानेको संख्या धरै नै रहेको बताए ।
उनले जथाभावी एन्टीबायोटिक प्रयोगले एन्टीमाइक्रोबियल रेसिस्टेन्सको समस्या बढेको समेत जिकीर गरे । अध्ययन अनुसार नेपालमा २८ प्रतिशत बिरामीले डाक्टर तथा स्वास्थ्यकर्मीको प्रेस्क्रिप्सन बिना नै एन्टीबायोटिक किनेर खाने गरेको देखाएको छ । यसैगरी २२ प्रतिशत बिरामीले आफूले खान सुरु गरेको एन्टीबायोटिक कोर्स पूरा नगर्ने गरेको पाइएको छ ।
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले एन्टिबायोटिकको जथाभावी प्रयोगसम्बन्धी अध्ययनले अब मन्त्रालयलाई यसको अवस्था के छ र अब कसरी काम गर्ने भन्नेमा सहयोग पुराउने बताए । उनले यस किसिमको अध्ययन आवश्यक भएका बेला परिषद्ले एन्टीबायोटिक र यसले निम्त्याएको समस्याकोबारेमा अध्ययन गरेकोमा धन्यवाद समेत दिए । उनले स्वास्थ्यकर्मीलाई जथाभावी एन्टीबायोटिक नलेख्न र बिरामीलाई पनि आफूखुशी एन्टीबायोटिक नखान आग्रह गरे ।
अध्ययन अनुसार नेपालमा डाक्टर तथा स्वास्थ्यकर्मीले एन्टिबायोटिकको प्रेस्क्राइब गर्दा ध्यान नदिएको समेत देखाएको छ । यसैगरी ८५ प्रतिशत डाक्टरले एन्टिबायोटिकको जेनरिक नाम नलेखेको पाइएको छ । यसैगरी नेपालमा डाक्टरले प्रिस्क्राइव गरिएका औषधिमध्ये ३७ दशमलब ८ प्रतिशत औषधि एन्टिबायोटिक रहेको पाइएको छ । जुन विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभन्दा बढी हो ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण