कान्ति बाल अस्पतालमा ‘एप्रिसिएटिभ इन्क्वायरी’ तालिम सम्पन्न
हेल्थ टिभी अनलाइन \काठमाडौं : कान्ति बाल अस्पतालमा एप्रिसिएटिभ इन्क्वायरी अर्थात सकारात्मक सोधखोज तालिम सम्पन्न भएको छ । सोमबार कान्ति बाल अस्पतालको आयोजना तथा मिडिया हाउस नेशनल इन्स्टिच्युट फर करिअर डिभलपमेन्टको संयोजनमा एकदिने सकारात्मक सोधखोजको तालिम सम्पन्न भएको हो ।
कार्यक्रम दुई चरणमा सम्पन्न भएको थियो । कार्यक्रममको पहिलो चरणमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नीति तथा योजना तथा अनुगमन महाशाखाका प्रमुख डा कृष्णप्रसाद पौडेल प्रमुख अतिथी थिए ।
यसैगरी तालिममा कान्ति बाल अस्पताल विकास समितिका अध्यक्ष डा बाबुराम गौतम,अस्पतालका निर्देशक डा युवानिधी बसौला, अस्पताल विकास समितिका सदस्य कपिलदेव लामिछाने लगायत स्वास्थ्यकर्मी तथा कर्मचारीको सहभागिता रहेको थियो ।
पहिलो चारुणको तालिम गत फागुण १३ र १४ गते भएको थियो । मिडिया हाउस नेशनल इन्स्टिच्युटकी निर्देशक सहनसिला शर्माले सकारत्मक सोधखोज तालिमले कर्मचारीलाई कामबाट हुने तनाव कम गर्दै सकारात्मक सोचको विकास गर्न सहयोग पुग्ने बताईन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?