स्वास्थ्य परामर्श दिने ‘पीटीसी नेपाल एप’ को शुभारम्भ
हेल्थ टिभी अनलाइन \काठमाडौं : पाईथन टेक कम नेपालले निर्माण गरेको स्वास्थ्य सम्बन्धी परामर्श दिने पीटीसी एपको रुपमा शुभारम्भ गरिएको छ ।
विशेषज्ञ चिकित्सकहरुद्वारा स्वास्थ्य परामर्श दिने उद्देश्यले संचालनमा ल्याइएको उक्त एपको शुभारम्भ वरिष्ठ नेत्र रोग विशेषज्ञ डा सन्दुक रुइतले गरेका हुन्। भर्चुअल रुपमा आयोजना गरिएको उक्त कार्यक्रमका प्रमुख अतिथी रहेका डा रुइतले नेपालका दुर्गम विकट बस्ती बस्ने नेपालीहरुलाई उचित स्वास्थ्य परामर्श उपलब्ध गराउन पीटीसी एपले सहयोग गर्नेमा विश्वास व्यक्त गरे । उनले अझै पनि दूर दराजका मानिसहरु शहरसम्म आएर स्वास्थ्य परामर्श लिन नसकिरहेको अवस्थामा त्यस्ता व्यक्तिलाई लक्षित गर्दै एपद्धारा परामर्श दिन सकिने बताए ।
आधुनिक प्रविधिको उपयोग गर्दै निष्ठापूर्वक निःशुल्क स्वास्थ्य परामर्श सेवा उपलब्ध गराउन र आम नेपालीलाई आधुनिक प्रविधिको प्रयोग गरी परामर्श लिनसमेत उनले आग्रह गरे ।
भर्चुअल रुपमा संचालित उक्त कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लिखित शुभकामना सन्देश पठाउंँदै रोगमुक्त समाज निर्माणको कार्यमा आधुनिक प्रविधियुक्त स्वास्थ्य परामर्श सेवाले योगदान दिने विश्वास व्यक्त गरे ।
पीटीसी नेपालका संस्थापक रामराजा बस्ताकोटीले बिज्ञ डाक्टरको सल्लाह र सुझावको उचित सुनुवाई गर्दै विपन्न र दुरदराजका नेपालीहरुलाई निशुल्क स्वास्थ्य परामर्श सेवा उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे ।
उक्त एप प्ले स्टोर वा एप स्टोरमा गएर डाउनलोड गर्न सकिनेछ ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’