यस वर्षको मदन भण्डारी राष्ट्रिय पुरस्कार स्वास्थ्य विधामा डा मिङमार शेर्पालाई
हेल्थ टिभी अनलाइन\ काठमाडौं : यस वर्षको राष्ट्रिय मदन भण्डारी पुरस्कार स्वास्थ्य विधामा डा मिङमार शेर्पालाई दिइने भएको छ । मंगलबार पुरस्कार छनोट समितिले मदन भण्डारी राष्ट्रिय पुरस्कार स्वास्थ्यतर्फ डा शेर्पालाई दिने निर्णय गरेको हो ।
मदन स्मृति दिवसको अवसरमा १४ असारमा उक्त पुरस्कार प्रदान गरिने मदन भण्डारी फाउण्डेसनका अध्यक्ष महेन्द्रबहादुर पाण्डेले जानकारी दिए । स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक रहेका डा शेर्पा टेलिमेडिसिन सेवा, ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रमको विस्तार, दुर्गममा लामो समय सेवा र सरकारी सेवाबाट अवकासपछि पनि ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा दिन सक्रिय रहेका छन् ।
पुरस्कारको राशि १ लाख रुपैयाँ रहेको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?