राष्ट्रपति पौडेलको मुटुको चालमा समस्या, पेसमेकर राखियो
हेल्थ टिभी अनलाइन \काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलको मुटुको चालमा समस्या देखिएपछि पेसमेकर राखिएको छ। मुटुको चालमा गडबडी देखिएपछि राष्ट्रपति पौडेलको मुटुमा मंगलबार पेसमेकर राखिएको हो।
३ दिनअघि मुटुमा समस्या भएको भन्दै पौडेल मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए । राष्ट्रपति पौडेलको मुटुको चाल ७२ घण्टासम्म नियमित निगरानी गरिएको थियो ।
सो निगरानीमा बेला बखतमा मुटुको चाल कम हुने देखिएपछि विज्ञ चिकित्सकहरुको सुझाव अनुसार मंगलबार पेसमेकर राखिएको अस्पतालका निर्देशक प्राडा रत्नमणि गजुरेलले जानकारी दिएका छन्। अहिले उनको अवस्था सामान्य रहेको बताइएको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?