डा सन्दुक रुइतले पाएको अवार्डमा कर छुट
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले वरिष्ठ आँखा रोग विशेषज्ञ डा सन्दुक रुइतले पाएको दश लाख अमेरिकी डलर करिब १३ करोड नेपाली रुपैयाँ बराबरको प्रतिष्ठित इसा अवार्डमा कर छुट दिने भएको छ। सोमबार राजपत्रमा सूचना प्रकाशित गर्दै डा रुइतले बहराइनबाट पाउने दश लाख अमेरिकी डलरमा कर छुट दिने निर्णय भएको जानकारी दिइएको हो।
सरकारले आर्थिक ऐन २०७९ को दफा १८ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी डा सन्दुक रुइतलाई बहराइनस्थित इसा अवार्ड ट्रस्टले प्रदान गर्ने इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी अवार्ड साथ प्राप्त हुने अमेरिकी डलर दश लाख रकममा लाग्ने कर छुट दिने निर्णय मिति २०७९ फागुन ११ गते गरेकाले यो सूचना प्रकाशित गरिएको छ भनी सोमबार प्रकाशित राजपत्रमा उल्लेख छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?