दादुरा संक्रमणबाट १७ जिल्ला प्रभावित, एक हजार बढी संक्रमित
हेल्थ टिभी अनलाइन\ काठमाडौं : दादुरा संक्रमणबाट देशका १७ जिल्ला प्रभावित भएका छन्। स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले दादुरा संक्रमण पुष्टि हुने जिल्ःला थपिने क्रममा रहेको र आइतबारसम्म दादुरा प्रभावित जिल्लाको संख्या १७ पुगेको जनाएको छ ।
यसरी दादुरा संक्रमण देखिएका जिल्लाहरुमा मोरङ, सुनसरी, धनुषा, महोत्तरी, सर्लाही, चितवन, काठमाडौं, कपिलवस्तु, अर्घाखाँची, दाङ, बाँके, बर्दिया, सुर्खेत, कालिकोट, कैलाली, कञ्चनपुर र बाजुरा रहेका छन् । हालसम्म एक हजार २१ जनामा दादुरा पुष्टि भएको र बाँकेमा एक जना बालकको दादुराबाट ज्यान गएको परिवार कल्याण महाशाखाले जनाएको छ ।
उता दादुरा संक्रमण देखिए यता २ लाख १५ हजार ५४ बालबालिकालाई खोप लगाइएको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?