मंकीपक्सको उपचारका लागि १४ अस्पतालमा तोकिए फोकल पर्सन
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पहिलोपटक मंकीपक्स पुष्टि भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनीहरुको उपचारका लागि १४ जना डाक्टरलाई फोकल पर्सनका रुपमा तोकेको छ ।
मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार मेची अस्पताल झापामा डा केशव दाहाल, कोशी अस्पताल विराटनगरमा डा सीबी झा, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा डा सूचना मरहट्टा, जनकपुर अस्पतालमा डा रामज्ञान यादव, वीरगञ्ज अस्पतालमा अतुलेश कुमार चौरसिया, गण्डकी अस्पताल पोखरामा डा आनन्द नेपाल, , भरतपुर अस्पतालमा डा शशी हिराचन, वीर अस्पतालमा डा निरज पराजुली, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा डा सर्वेन्द्र झा, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा मोनिक काफ्लेलाई तोकिएको छ ।
यसैगरी लुम्बिनी प्रादेशिक अस्पतालमा डा मणिलाल श्रेष्ठ, भेरी अस्पतालमा डा बद्री चापागाईं, सुर्खेत अस्पतालमा डा सुस्मिता प्रधान र सेती अस्पतालमा डा दिनेश शिवाकोटीलाई फोकल पर्सन तोकिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालमा पहिलो पटक एक जनामा पुष्टि भएको मंकीपक्स संक्रमण विश्वका १११ देशमा पुष्टि भइसकेको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?