राष्ट्रपति पौडेल फेरि अस्पताल भर्ना
हेल्थ टिभी अनलाइन \काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्यमा समस्या देखिएपछि फेरि एकपटक अस्पताल भर्ना भएका छन्। मुटुमा समस्या देखिएपछि उनलाई महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो।
राष्ट्रपति पौडेललाई शनिबार बिहान अस्पताल पुर्याइएको थियो। अहिले राष्ट्रपतिको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ। अस्पतालले विज्ञप्ती जारी गर्दै राष्ट्रपतिको पौडेलको मुटुको चाल मनिटरिङ गर्न आवश्यक देखिएकाले अस्पतालमा भर्ना गरिएको जनाएको छ ।
एक साता अघि मात्र राष्ट्रपति पौडेल गंगालाल अस्पताल भर्ना भएर डिस्चार्ज भएका थिए ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?